Logo

दुई जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २७८



काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमित फेरि थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुईजना संक्रमित थपिएका छन् ।

संक्रमितहरु महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै कुल संक्रमित संख्या २७८ पुगेको छ । हालसम्म २२४ पुरुष र ५४ जना महिला संक्रमित भएका छन् ।

यसअघि आज विहान ९ जना संक्रमित थपिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot