Logo

सेना र प्रहरीमा पस्यो कोरोना भाइरस



काठमाडौं, ३ जेठ । यो हप्ता कोरोना भाइरसको महामारी नेपालमा निकै फैलिएको छ । एकै दिन ८० भन्दा बढी सम्म संक्रमित पत्ता लागे । सुरक्षाकर्मीमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिए ।

नेपाली सेनाका दुई जनामा आज संक्रमण पत्ता लाग्यो । उनीहरु महोत्तरीस्थित मध्यपूर्वी पृतना मुख्यालयमा कार्यरत रहेको सेनाले पुष्टि गरेको छ । जसमध्ये एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष छन् । फौजमा कोरोना संक्रमण फैलनुलाई गम्भीर रुपमा लिइएको छ ।

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । फिल्डमा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि शतर्कता अपनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot