Logo

कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु, सङ्क्रमित २८१ पुग्यो



काठमाडौँ, ४ जेठ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रि.वि.शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिनुभएकी २९ वर्षीय महिला निको भई घर फर्किएकोमा वैशाख २९ गते स्वास्थ्य अवस्था जटिल भएपछि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot