Logo

थप १० जनामा कोरोना, देशभर संक्रमितको संख्या दुई सय ९१ पुग्यो



काठमाडौं, जेठ ४ । नेपालमा कोरोना संक्रमितको संख्यामा आईतबार १० जना थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको दुई सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा–९ निवासी १८,३२,३६,३९,३९,४२ र ४८ बर्षिय पुरुषहरु रहेका छन् ।

त्यस्तै, अन्य संक्रमितहरुमा रौतहटकै इश्वरनाथ नगरपालिका–३ र ५ निवासी २८,३० र ३३ बर्षिय पुरुष रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्