Logo

भारतले ३० हजारको टेष्ट गर्ने किट दियो



काठमाडौं, ४ जेठ । भारतले कोभिड-१९ को टेष्ट गर्ने किट नेपाललाई दिएको छ । ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेष्ट किट आज दिएको हो । यो किट भारत आफैले उत्पादन गरेको हो ।

भारतमा टेष्ट किटको विकास गर्दा सँसारभर चर्चा भएको थियो । यो किटले यसअघि विकास भएका किटभन्दा छिटो र भरपर्दो नतिजा दिएको थियो । किट भारतको माइल्याबले उत्पादन गरेको हो ।

किट भारतका तर्फबाट भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए ।
यसअघि १० वैशाखमा भारतले २३ टन वास्थ्यसामाग्री नेपाललाई सहयोग दिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot