Logo

तीन नयाँ कोरोना संक्रमित थपिएपछि कुल संख्या २९५ पुग्यो



काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसका ३ नयाँ सक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये २ महिला र एक पुरुष छन् ।

संक्रमित मध्ये धनकुटाकी ३४ वर्षीया महिला, विराटनगरकी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ ।

योसँगै आज १४ जना संक्रमित पुष्टि भइसकेको छ । जसमध्ये एकजना मृत युवकमा संक्रमण भेटिएको हो ।



प्रतिक्रिया दिनुहोस्