Logo

मृतकको संख्या वृद्धिदर घट्यो, संक्रमित ४८ लाख नजिक(विस्तृत विवरण)



(अपडेट : जेठ ५ गते राति १:३० बजे)
जेठ ५, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार ६ सय पुगेको छ ।

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सोमबार राति १:३९ बजेसम्मको रिपोर्टअनुसार ९० हजार ७ सय ९ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १५ लाख १९ हजार नाघेको छ । आइतबार अमेरिकामा ५ सय ९६ जनाको मृृृृृत्यु भएको छ । यो

उता, बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार ६ सय ३६ पुगेको छ । संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ७० जनाको मृृत्यु भएको छ ।

अमेरिका र बेलायतमा पछिल्लो २४ घण्टटामा मृत्यु हुनेको संख्या अघिल्लो दिनमा भन्दा घटेको हो ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय ४७ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार २ सय २७ जना उपचारपछि निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । अहिले ८७ जनाको उपचार भइरहेको छ ।

इटलीमा आइतबार १ सय ४५ जनाको मृत्यु हुँँदा त्यहाँ कुल ३१ हजार ९ सय ८ जनाको मृत्युु भएको छ ।
स्पेनमा शनिबार ८७ जनाको मृत्यु हुँदा कुल २७ हजार ६ सय ५० पुगेको छ । यी दुवै देशमा पनि अघिल्लो दिनभन्दा थोरैको मृत्यु भएको हो ।

फ्रान्समा आइतबार ४ सय ८३ जनाको मृृृत्युु हुँदा कुुुल मृृतकको संख्या २८ हजार १ सय ८ पुगेको छ । फ्रान्समा १ लाख ७९ हजार ५ सय संक्रमित छन् । फ्रान्समा भने अघिल्लो दिनमाभन्दा धेरैको मृत्यु भयो ।

छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ३ हजार २५ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १५४ जनाको मृत्यु भयो । यो संंख्या अघिल्लो दिनकोभन्दा धेेेरै हो ।

भारतमा संक्रमितको संख्या ९५ हजार ६ सय नाघेको छ । यो संंख्या चीनको भन्दा धेेरैै हो । संक्रमितको सुुुचीमा भारत ११ अौ स्थानमा उक्लिएको छ ।

ब्राजिलमा १५ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेर ९ हजार ५२ पुगेको छ ।
यस्तै जर्मनीमा १ लाख ७६ हजार ६ सय संक्रमित हुनुका साथै ८ हजार २८ को मृत्यु भएको छ ।
इरानमा ६ हजार ९ सय ८८ को मृत्यु भएको छ ।
रुसमा पनि २ लाख ८१ हजार ७ सय जना संक्रमित भइसकेका छन् भने २ हजार ६ सय ३१ को मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रभावित देशहरु :
नेदरल्याण्ड – ५६८०
टर्की – ४१४०
क्यानडा – ५७८१
स्विडेन – ३६७९
स्विजरल्याण्ड – १८८१
मेक्सिको – ५०४५
इक्वेडर – २६८८
आयरल्याण्ड – १५४३
पेरु – २५२३
पोर्चुगल – १२१८
रोमानिया – ११०७
इण्डोनेसिया- ११४८

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १३ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४७ लाख ७६ हजार संक्रमित भएका छन् ।
संक्रमितमध्ये करिब १८ लाख ४६ हजार जना निको भएका छन् । उपचाररत करिब २६ लाख १४ हजारमध्ये ४४ हजार ८ सय ६८ जनाको अवस्था भने चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ६ सय ५० जनाको मृृृृृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा कम हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot