Logo

रसुवालाई चीनको सहयोग



काठमाडौँ, ५ जेठ । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन रसुवा जिल्लालाई चिनियाँ अधिकारीले खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलुङ काउन्टीले सहयोगस्वरूप आइतबार प्रतिबोरा २५ केजीका दरले चामल र मैदा एक हजार एक सय– एक हजार एक बोरा र खानेतेल तीन हजार ७८० लिटर सहयोग प्रदान गरेको हो । यसैगरी स्वास्थ्य सामग्रीतर्फ पिपिई एक हजार एक सय थान, मास्क एक लाख ३० हजार थान, एन९५ मास्क एक हजार पाँच सय थान र इन्फ्रारेड थर्मामिटर ११० वटा प्राप्त भएको छ ।

उक्त सामग्री जिलुङ प्रशासकले रसुवागढीस्थित ल्हेन्देखोलामा रहेको मितेरी पुलबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको प्रजिअ भण्डारीले बताएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि यसअघि चीन सरकारका तर्फबाट रसुवालाई दुई पटक सहयोगस्वरूप स्वास्थ्य सामग्री प्रदान गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot