Logo

कोरोनाका कारण मृत्यु भएकी महिलाको परिवारको सबै सदस्यको रिपोर्ट नेगेटिभ



काठमाडौं, ५ जेठ । कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारको सबै सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको छ । १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको धुलिखेल अस्प्तालले जनाएको छ । उनीहरुको पिसिआर परीक्षण धुलिखेल अस्पतालमै गरिएको थियो । उनीहरुको नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी भएको छ ।

मृतक महिलाका श्रीमान भन्छन,‘उनलाई कसरी कोरोना पोजेटिभ देखियो म अचम्मा परेको छु’



प्रतिक्रिया दिनुहोस्