Logo

गौरीफन्टा नाकाबाट बैतडीका १२७ भित्रिए



काठमाडौँ, ५ जेठ । कैलालीको गौरीफन्टा नाका भएर बैतडीका १०० भन्दा बढी नेपाली नागरिक भित्रिएका छन् । शुक्रबार ८८ र शनिबार ३९ जना गरी १२७ जना उक्त नाकाबाट स्वदेश भित्रिएका हुन् ।

शुक्रबार भित्रिएका ८८ जनाको कैलालीमै आरडिटी परीक्षण गरी आइतबार विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् । यस्तै शनिबार स्वदेश भित्रिएका नागरिक भने बैतडी पुग्न बाँकी रहेको उनले बताएका छन् । उनीहरुको पनि आरडिटी गरी अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

शिवनाथका ४९ जना रहेकोमा ती सबैका लागि कैलालीसम्म बस पठाएर उद्धार गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिएका छन् । उनीहरूलाई विभिन्न क्वारेन्टाइनमा व्यवस्थितरुपमा राखिएको छ । भारतमा लकडाउन खुकुलो हुँदा त्यहाँका विभिन्न शहरमा रहेका नेपाली मजदुर फर्किन थालेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot