Logo

चीनद्वारा साँढे दुई महिनामै अरबौं डलरको स्वास्थ्य सामाग्री निर्यात



कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने अरबौं डलर मूल्यको स्वास्थ्य सामाग्री चीनले निर्यात गरेको छ । उसले साँढे दुई महिनामा ५० अर्ब ९० करोड प्रति मास्कमात्र निर्यात गरेको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणले कोभिड १९ सँग लड्न चीनले २१ करोड ६० लाख प्रति सुरक्षित पोशाक, ८ करोड चश्मा, २ करोड ६० लाखवटा इन्फ्रारेड थर्ममिटर र एक अर्ब सर्जिकल पञ्जा निर्यात गरिसकेको छ ।

चीनले ७२ हजार ७ सय भेन्टिलेटर समेत यही अवधिमा निर्यात गरेको तथ्यांक छ । चीनको भन्सार प्रशासनले १ मार्चबाट ठुलो परिमाणमा स्वास्थ्य सामाग्री निर्यात गरिएको उल्लेख गरेको हो ।

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ठुलो असर परिरहँदा चीनले भने स्वास्थ्य सामाग्रीको निर्यातबाट उल्लेख्य आम्दानी गरिरहेको छ । उसले कतिपय देशमा स्वास्थ्य सामाग्री अनुदान पनि दिएको छ । तर, अनुदान पाएका देशहरुले उसैबाट ठुलो परिणाममा सामाग्री खरिद गरेका छन् । नेपालले पनि चीनबाट अरबौंको स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरेर आयात गरिरहेको छ ।-एजेन्सीको सहयोगमा  Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्