Logo

फेरि थपिए कोरोना भाइरसका संक्रमित, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउने



कठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित बढिरहेका छन् । केही दिनमै संक्रमित संख्या दोब्बर भएका छन् । जेठभित्र २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

देशमा फेरि कोरोना भाइरसको संक्रमित बढेका छन् । संख्या तराईको जिल्लामा बढेको विश्वस्त स्रोतले जानकारी दिएको छ । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनबाट जानकारी दिइनेछ ।

देशमा कुल संक्रमित संख्या ३०४ पुगिसकेको छ । आज विहान रौतहटमा ८ र बारामा एक व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बारामा एकजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

आज संक्रमितमध्ये ८ पुरुष र एक महिला छन् । योसँगै नेपालमा संक्रमितमध्ये २४६ पुरुष र ५८ जना महिला पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्