Logo

५३ जना कोरोना भाइरसका संक्रमित थपिए, कुल संक्रमित ३५७



काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका ४७ जनामा संक्रमण भेटिएको छ ।

यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २९८ पुरुष र ५९ जना महिला संक्रमित भएका छन् । यसअघि दुईजना संक्रमितको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्