Logo

कोभिड १९ संग लडन् चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा २ अर्ब डलर सहयोगको घोषणा



एजेन्सी, ५ जेठ । कोभिड १९ संग लड्न चीनले २ वर्षमा २ अर्ब सहयोग गर्ने घोषणा गरेको छ । आज (मंगलबार) चीनको राजधानी बेइजिङमा ७३ औँ विश्व स्वास्थ्य सम्मेलनमा चीनका राष्ट्रपति सी जिन पिङले उक्त सहयोगको घोषणा गरेका हुन् ।

दोस्रो विश्व युद्वपछि कोभिडका कारण विश्व नै महामारीको शिकार भएको हुँदा गरिब मुलुकहरुलाई कोभिड १९ विरुद्व लड्न उक्त रकम २ वर्षसम्म दिने प्रतिवद्वता जनाएका हुन् । चीन संयुक्त राष्ट्रसंग मिलेर पिडित वर्गका लागि डिपो र हब सिर्जना गर्न मद्दत पुर्याउने छ ।

कोभिडविरुद्व लड्न चीनले ३० अफ्रिकी मुलुकहरुका अस्पतालमा आवश्यक सामाग्री पुर्याउने र समन्वय गर्नेछ । चीनले खोप निर्माणलाई तीब्रता दिएको छ । खोपको निर्माण भइसक्दा यसको उपभोग सम्पूर्ण विकासशील देशहरुले उचित ढंगले गर्न पाउने चिनियाँ राष्ट्रपतिले जनाएका छन् । सम्पूर्ण देशहरुलाई मध्यनजर राखी खोप निर्माण हुने प्रतिबद्वता चिनियाँ राष्ट्रपतिले राखेका छन् ।

चीनले जी २० का देशहरुसित समन्वय गरी गरिब मुलुहरुलको करमा केही राहत ल्याउने योजनाको विकास गर्ने बताए । कोरोनाका कारण ठूला अर्थतन्त्र समेत प्रभाव परेका देशहरुका करमा समेत छुट गराउन चीनले कुनैपनि अन्तरष्ट्रिय समुदायसित सहकार्य गर्न तयार रहेको राष्ट्रपतिले स्पष्ट पारेका छन् । उनले सम्पूर्ण देशहरुलाई एक भएर लड्न आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सिले छ चरणमा कोरोना परास्त गर्न सक्ने प्रस्ताव पेश गरेका छन् :

पहिलो कोरोना रोकथाम तथा नियन्तरण गर्न सम्पूर्ण प्रयासमा केन्द्रित हुन औल्याएका छन् । दोस्रो विश्व स्वास्थ्य संगठनलाई पूर्ण रुपले कोरोना महामारीको नेतृत्व दिन आवश्यक रहेको बताए । तेस्रो हामी एक भएर अफ्रिकि मुलुकहरुलाई उक्त महामारीबाट उन्मुक्ति दिलाउन आवश्यकता ठहराए । चौथौ विश्वव्यापी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहि सुदृढ गर्नु पर्ने बताए । पाँचौ हामीले आर्थिक र सामाजीक विकासको पुर्नस्थापनामा समेत ध्यान दिनु पर्ने बताए । छैठौँे अन्तराष्ट्रिय सहयोगलाई सुदृढ गर्नुपर्नेमा उनको जोड थियो ।Photo source : CGTN



प्रतिक्रिया दिनुहोस्

Screenshot