Logo

३ लाख १८ हजारले ज्यान गुमाए, मृत्यु र संक्रमण तीब्र गतिमा



(अपडेट: जेठ ६, राति १ बजे)

जेठ ६, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख १८ हजार ५ सय ३० जनाको मृृृृृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ४८ लाख ५९ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा कोरोनाको कारण ९१ हजार ४ सय ६० जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ५३ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १५ लाख ३८ हजार १ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

अमेरिकामा संक्रमित मध्ये १६ हजारको अवस्था गम्भीर रहेको छ । त्यसैगरि ३ लाख ५१ हजार ४ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ४ सय ८२ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण २ हजार ७ सय २२ जना मानिसको ज्यान गइसकेको छ । त्यहाँ २ लाख ९० हजार ६ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ८ हजार ९ सय २६ जनामा कोरोना संक्रमण देखिएको र ९१ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म रसियामा ७० हजार २ सय ९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ७ सय ९ जनाको ज्यान गइसकेको छ । २ लाख ७८ हजार १ सय ८८ जना मानिसमा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४ सय ६९ जनामा संक्रमण देखिएको र ५९ जनाको ज्यान गएको छ ।

बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ६० जनाको ज्यान गएको छ । त्यसैगरि ३४ हजार ७ सय ९६ जनाको ज्यान गएको छ भने २ लाख ४६ हजार ४ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

ब्राजिलमा कोरोनाबाट २ लाख ४५ हजार ५सय ९५ जना संक्रमित भएका छन् भने १६ हजार ३ सय ७० जनाको कारोनाको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय १५ जना नया संक्रमित थपिएका छन् भने २ सय ५२ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ, भने १ लाख ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा भारतमा ४ हजार ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ३० जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर १८ लाख ८८ हजार ९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २६ लाख  ५२ हजार ६ सय उपचाररत मध्ये ४३ हजार ९ सय ६० जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ हजारभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा थोरै हो । त्यसैगरि ६० हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्