Logo

कोरोनाको असरः २५ प्रतिशतले वैदेशिक रोजगारी गुम्ने



काठमाडौं, जेठ ६ । कोरोना भाइरस महाव्याधिले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ ।

संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ ।

भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ । दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot