Logo

उपत्यकामा थप क्वारेन्टाइन जरुरी



काठमाडौँ, ७ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ ।

काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुुपर्ने देखिएको छ । यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।

उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौँमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् । काठमाडौँ, ललितपुर र भक्तपुर सङ्कट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्

Screenshot