Logo

अक्सफोर्ड विश्वविद्यालय कोरोना खोप निर्माणको दौडबाट बाहिरियो



एजेन्सी, ७ जेठ । कोरोना भाइरस महामारीविरुद्वको खोप निर्माणमा अग्रसर र साकारात्मक देखिएको अक्सफोर्ड विश्वविद्यालय दौडबाट बाहिरिएको छ । विश्वविद्यालयले ट्रायलका लागि जनावरमा गरेको परिक्षण सोचेभन्दा नाकारात्मक देखिएको काराण विश्व्विद्यालय खोप निर्माण गर्ने दौडबाट बाहिरिएको हो ।

जनावरको शरीरमा कोरोना भाइरसको फैलिने गतिलाई खोपले कम नगरेको कारण उक्त खोप विफल भएको छ । अक्सफोर्ड विश्वविद्यालयले देखाएको आशा सम्पूर्ण विश्वलाई उक्त सुचनाले त्रसित बनाएको छ ।

सम्पूर्ण देशहरु खोप निर्माणको कार्यलाई तीब्रता दिएको छ । अमेरिकी बायोटेक कम्पनी मोर्डनाले भने खोप निर्माणमा आफ्नो सक्रियता जारी रखेको छ । मोर्डना कम्पनीले मानिसमा परिक्षण गर्दा केही सकारात्मक असर देखा परेको कम्पनिले जनाएको छ ।

चीनको पेकिङ विश्वविद्यालयमा खोप भन्दा ओषधी प्रभावकारी रहेको भन्दै औषधी निर्मार्ण गरी रहेको छ । उक्त औषधीले कोरोना संक्रमित व्गक्तिको प्रतिरोधात्मक प्रणालीलाई अभिवृद्वि गरेको परिक्षण्मा देखाएको जनाइएको छ । खोप निर्माणको रेसमा थाइल्याण्डले आफ्नो उपस्थ्तिी देखाएको छ । अगाामी हप्ता थाइल्याण्डले मोर्डना कम्पनीको खोप एमआरएनए बाँदरमा प्रयोग गर्ने जनाइएको छ ।File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot