Logo

नेपालको नयाँ नक्सा सार्वजनिक



काठमाडौँ, ८ जेठ । नेपाल सरकारले नेपालको अद्यावधिक राजनीतिक, प्रशासनिक संस्करणको नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ । नक्सामा लिम्पियाधुरासहित काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बुधबार मन्त्रालयमा नक्सा सार्वजनिक गदै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको अन्तर्राष्ट्रिय सिमानाको स्पष्ट अभिलेख महत्वपूर्ण हुने बताएका छन् । मन्त्री अर्यालले भने, “सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार काली नदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अङ्ग हो ।

” उनले भने, “काली नदीपूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटेर काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार पारिएको हो । ” उनले भने, छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्विपक्षीय वार्ता र कूूटनीतिक प्रयासमार्फत सीमा समस्याको समाधान गर्न प्रतिबद्ध रहेकोसमेत स्पष्ट पारेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot