Logo

थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो



काठमाडौं, जेठ ८ । पूर्वि तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

आज फेला परेको संक्रमितहरु मध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका  पुरुषहरु रहेका छन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको छ ।

विहिबार थपिएका संक्रमितहरुसमेत गरि नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्