Logo

कोरोना संक्रमित तेस्रो व्यक्तिको मृत्यु पुष्टि



काठमाडौं, ८ जेठ । कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको आज विहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

विश्वस्त स्रोतका अनुसार मृत्यु भएको खबर अहिले केही बेरमा औपचारिक रुपमा जानकारी गराइनेछ । रुपन्देहीस्थित अस्पतालको भेन्टिलेटरमा राखिएका मदानेका उनलाई मृगौलाको रोग समेत थियो । उनलाई टाइफाइड र कमलपित्तको रोग समेत भएको थियो । आठ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएका उनी ४ वैशाखमा एक विवाह कार्यक्रममा सरिक भएको खुलेको छ ।

२८ वैशाखबाट रोगको लक्षण देखिएको थियो । तर, ३१ वैशाखमा अस्पताल पुगेका थिए । उनी फेरि क्रिसन अस्पतालमा एम्बुलेन्समाफ्त लगिएका थिए ।

यसअघि मृत्यु हुने संक्रमितहरुमा सिन्धुपाल्चोक र बाँकेका बासिन्दा छन् ।



प्रतिक्रिया दिनुहोस्