Logo

९ संक्रमित थपिए, एकको मृत्युसहित कुल संक्रमित ४५३ पुग्यो



काठमाडौं, ८ जेठ । देशमा कोरोना भाइरसका संक्रमित ९ जना थपिएका छन् । यो सँगै देशभर कोरोना भाइरसका संक्रमित संख्या ४५३ पुगेको छ ।

पछिल्लो पटक झापामा ८ र रुपन्देहीमा एकजना संक्रमित थपिएका छन् । यसअघि विहान १७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । उनीहरु झापा, धनकुटा र सुनसरीका हुन् ।

योसँगै आज कोरोना संक्रमित एकजनाको मृत्यु हुनुको साथै संक्रमित संख्या २६ पुगेको छ । संक्रमितमध्ये एक जना महिला छिन् बाँकी २५ जना पुरुष हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot