Logo

तीन नयाँ कोरोना संक्रमित थपिएपछि कुल संख्या ४५७ पुग्यो



काठमाडौं, ८ जेठ । देशमा कोरोना भाइरसका संक्रमित संख्या ४५७ पुगेको छ । पछिल्लो पटक तीनजना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितहरुमा बाँकेका नरैनापुरका ३२ वर्षीय पुरुष, खजुराका ४२ वषीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष हुन् । मन्त्रालयले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

यसअघि विहान १७ र दिउँसो ९ गरी २६ जना संक्रमित पत्ता लागेको थियो । योसँगै आज २९ जना संक्रमित पत्ता लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्