Logo

कोरोना सङ्क्रमित दुई घर फिर्ता, बस्तीका १३ को स्वाब सङ्कलन



काठमाडौँ, ९ जेठ । भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पिसिआर परीक्षण शुरु गरेको छ ।

सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने भएकाले उच्च सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको पहिलो चरणमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ ।

आरडिटीमा त्रुटि देखिएपछि नगरपालिकाले त्यसलाई रोकेर पिसिआर परीक्षण शुुरु गरेको जनाएको छ । पहिलो चरणमा जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि ४६, स्वास्थ्य कर्मचारी ४४ र सफाइ कर्मचारी १६० कार्यरत रहेको नगरपालिकाले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot