Logo

बाँके र कपिलवस्तुका तीन जनामा सङ्क्रमण, सङ्क्रमित ४५७



काठमाडौँ, ९ जेठ । कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई पुरुष र एक महिलामा सङ्क्रमण देखिएको बताएका छन् ।

बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका–३ निवासी ३२ वर्षीय पुरुष र खजुरा गाउँपालिका–३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष छन् । अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो ।

अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उनका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot