Logo

जुम्लामा टेलिफोनबाटै विशेषज्ञ सेवा



काठमाडौँ, ९ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरङ्ग विशेषज्ञ सेवा शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा शुरु गरिएको हो । अस्पतालमा आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको शुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताएका छन् । अस्पतालमा आकस्मिक, बहिरङ्ग र शल्यक्रिया सेवा उपलब्ध छ ।

प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत सो सेवा प्रभावकारी हुने उनको भनाइ छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्