काठमाडौं, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह ४ बजे गरेको अपडेटअनुसार थप २० जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५०७ पुगेको छ। बाँके १४, कैलाली ३, डडेलधुरा १, मोरङ १ र बैतडीमा एक जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09
Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Friday, 22 May 2020