Logo

उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय



काठमाडौँ, १० जेठ । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।

सात दिनयता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट एक हजार २०० जना नेपाल प्रवेश गरेकोमा झापाका २०० लाई आफ्नै पालिकाको क्वारेन्टिनमा लगिएको छ । एक हजार विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टिनमा बसेका छन् ।

भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ । ती दक्षिणी गाउँपालिका कचनकबलका हुन् । झापाका कूल सङ्क्रमित ३५ जना हुन् । दुई निको भएर घर फर्किसकेका छन् । सङ्क्रमित सङ्ख्या प्रदेश नं १ कै धेरै हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टिनमा पु¥याउँदा अत्यन्त सजगता अपनाइएको बताएका छन् । “सीमामा आइपुगेकालाई तत्काल उद्धार ग¥यौँ”, प्रहरी उपरीक्षक कोइराला भने, “व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो ।” झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उनले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्