Logo

संविधान संशोधनमा कांग्रेस र जसपाको फरक मत



जेठ १०, काठमाण्डौ । नयाँ नक्सा सार्वजनिक गरेको सरकराले निशाना छापमा पुरानो नक्सा हटाउनका लागि संविधान संशोधन गर्न लागेको छ । यही मौकामा सरकारलाई अन्य विषयमा पनि संविधान संशोधनका लागि दबाब दिने रणनीतिमा छन्, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी । विशेषगरी जनता समाजवादीको मागलाई कांग्रेसले साथ दिन खाजेको देखिन्छ ।

विगतदेखि नै संविधान संशोधनको माग गर्दै आएका समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी हाल जनता समाजवादी पार्टीले अन्य विषयमा पनि संशोधन गर्नुपर्नेमा जोड दिएको छ । आफ्नो नेतृत्वमा सरकार हुँदा तिनै मधेशवादी दलहरुको मागबमोजिम संविधान संशोधन गर्न तयार देखिएको अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यतिबेला पनि अन्य विषयमा पनि संविधान संशोधन गर्न उचित हुने संकेत दिएको छ ।

संबिधान पटक पटक चलाईरहनु भन्दा मधेसी जनजाती, आदिबासी वा नेपालमा बसोबास गर्ने पिछडिएका वा अन्यायमा परेका जनताले चाहेको बिषयमा बृहत छलफल गरी संबिधान संसोधन गर्नुपर्ने कांग्रेस नेता मिन विश्वकर्मा बताउँछन् । असन्तुष्ट समुदायलाई समेटदै संबिधान गर्नु सबैको हित हुने सुझाब नेता विश्वकर्माले सरकारलाई दिएका छन् ।

उता एकता गर्ने भनेर कम्मर कसेर लागेको जनता समाजवादी पार्टीका नेताहरुले पनि यही मौकामा संविधान संशोधनका लागि सरकारलाई दबाब दिने रणनीति लिएका छन् । सरकारले सबै नागरिकले अपनत्व महसुश गर्ने गरी संविधान संशोधन गर्न तयार हुनुपर्ने जनता समाजवादी पार्टीका नेता जितेन्द्र सिंह बताउँछन् ।

यसैबीच आजै समाजवादी र राजपा नेपालका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । भेटमा उनीहरूले संविधान संशोधन गर्दा मधेशको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

संविधान जारी भएकै दिनदेखि मधेशी जनताको हितमा संविधान नबनेका भन्दै मेधशवादी दलहरुले विरोध गर्दै आएका थिए । तर संसदमा दुई तिहाई बहुमत पुर्याउन नसक्दा संविधान संशोधन हुन सकेको छैन । केपी ओली नेतृत्वको सरकारलाई राजपाले संविधान संशोधन गर्ने शर्तमा समर्थन गर्यो भने समाजवादी पार्टी त सरकारमा सहभागि नै भयो । तर संविधान संशोधन भएन र राजपाले समर्थन फिर्ता लियो भने समाजवादी सरकारबाट बाहिरियो । अहिले यि दुवै दल एकता प्रक्रियामा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot