काठमाडौं, जेठ ११ । भारतीय जनता पार्टीका नेता एवं भारतीय सरकारका प्रतिनिधि डा दिनेश उपाध्यायले नेपालमा भारत विरोधी अभियान र भारतमा नेपाल विरोधी अभियान चल्नु दुवै देशको हितमा नभएको बताएका छन्।
उनले नेपाल र भारतबिचको सीमा विवाद अहिले देखिको नभएको र कुनै तेस्रो मुलुकले नेपाल र भारतबिचको विवादको समधान गर्न पनि नसक्ने दावी गरे ।
नेपाली रेडिायने नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागदै उपाध्याले नेपाली प्रधानमनत्रीले भने जस्तो भारत कहिल्यै पनि सिंह नभएको भन्दै भारतले अहिले लिपुलेकमा बनाएको सडक पनि रातारात नबनाएकाले यति लामो समय सम्म नेपालका सरकारहरुले के हेरेर बसेको भन्दै प्रति प्रश्न गरेका छन् ।
उनले नेपाल र भारतबिचको सम्बन्धमा अहिले पनि केहि नविग्रिएको भन्दै दुवै देश वार्तामा बस्नका लागि वातावरण बनाउन मध्यस्थ कर्ताको आवस्यकता देखिएको बताउदै नेपालले दूतावासमा कोहि प्रतिनिधि पठाए आफुले सहजिकरण गरिदिने धारणा राखे । वार्ता बाहेको अहिलेको विवाद समाधानको अर्को विकल्प नभएको उनको भनाई छ ।
शान्त र प्रमाणहरुलाई राखेर कुराकानी अगाडी बढाउन छोडेर अरु विवाद निकाल्नुको अर्थ नहुने भन्दै उपाध्यायले भारत सरकारका कुनै पनि मन्त्री नेपालसँग बार्ता गर्न तयार रहेको दावी गरेका छन् । उनले भूमि कस्को हो, के हो भन्ने कुरा बार्तामा मात्रै गर्न सकिने भएकाले सडकमा हल्ला गरेर केहि निकास नआउने भन्दै नयाँ नक्सा जारी गर्नु ठूलो कुरा पनि नभएको जनाए ।
कोही पनि मान्छे पठाउनुस म बार्ताको वातावरण बनुाउछु भन्दै नेपाल र भारतका बीचमा वार्ताका लागि नेपाल एक प्रतिनिधि मण्डल बनाओस हामी एक प्रतिमण्डल बनाउछौ र मध्यस्थता को आवस्यक रहेमा आफुहरु यो विषयमा पनि सहजिकरण उनले भनाई राखेका छन् ।
उपाध्याले भने, ‘हाम्रो नारा नेपालका प्रधामन्त्रीले विगारी दिनुभयो । भारतले यो रोड रातारात बनाएको थिएन । त्यो समयमा नेपालले के हेरेर बसेको थियो । बातचित निरन्तर अगाडी बढाउनुको विकल्प छैन । अहिले सम्म केहि बिग्रिएको छैन । तर, पहिले कुराकानी कस्ले सुरु गर्ने भन्ने त तयारी हुन आवस्यक छ । मेरो तर्फबाट पनि सहयोग गर्नु सक्छु’ ।