Logo

सिक्किमका नागरिकलाई दिल्ली सरकारले नेपाल र भुटानका नागरिक सरह राखेपछि…



एजेन्सी, ११ जेठ । दिल्ली सरकारले गत हप्ता एउटा आवेदन माग्यो । सिभिल डिफेंस कोर मा स्वयंसेवकका रुपमा भर्तीका लागि इच्छुकहरुलाई आवेदनका लागि आव्हान गर्यो ।

आवेदनको मापदण्डको पहिलो नम्बरमा भारतको नागरिक या भुटान, नेपाल वा सिक्किमको जनता हुनुपर्ने तथा दिल्लीको निवासी हुनुपर्ने उल्लेख थियो ।

आफ्ना नागरिकलाई नेपाल र भुटानको नागरिक सरह उल्लेख गरेको भन्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आपत्ती जनाएका छन् । उनले उक्त विज्ञापनले सिक्किमका जनताको मनमा ठेस पुगेको भन्दै ट्वीट गरेका छन् । लगत्तै दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरिवालले क्षमा माग्दै विज्ञापन प्रकाशन गर्ने कर्मचारीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सिक्किम भारतको २२ औं राज्य हो । सिक्किम सन् १९७५ मा भारतको अधिनमा आएको थियो । सिक्किममा नेपाली र भुटिया भाषीको बाहुल्यता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot