Logo

संविधान संशोधनबारे कांग्रेसले निर्णय गर्न सकेन, केन्द्रिय समिति बैठक बोलायो



जेठ ११, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै यस बिषयमा पार्टीभित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिए । त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताए । त्यस्तै बैठकले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

मुलुकभर कोरोना जाँचको दायरा बढाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले बताए । बैठकले भारत लगाएत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षाण गराउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot