एजेन्सी, १२ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५५ लाख नजिक पुगेको छ । मृतक संख्या ३ लाख ४६ हजार नाघेको छ ।
कोरोना संक्रमितमा अमेरिका अझै अगाडि छ । त्यहाँ १६ लाख ८६ हजार कुल संक्रमित छन् । मृतक संख्या ९९ हजार ३ सय पुगेको छ ।
कोरोना संक्रमण ब्राजिलमा भयावह बन्दै गएको छ । त्यहाँ एकै दिन अन्य देशको तुलनामा सर्वाधिक मानिसको संक्रमणबाट मृत्यु हुनथालेको छ ।
ब्राजिलमा ३ लाख ६३ हजार संक्रमित भइसकेका छन् । २२ हजार ७ सयको संक्रमणबाट मृत्यु भइसकेको छ । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोरोना भाइरसलाई सामान्य ज्वरो भनेर रोकथाममा खासै ध्यान नदिंदा भयावह अवस्था आएको हो ।
ब्राजिलमा राष्ट्रपति बोलसोनारोसँग कुरा नमिल्दा एक महिनाबीच दुई स्वास्थ्यमन्त्रीहरुले राजीनामा दिइसकेका छन् । अहिले ब्राजिलमा आदिवासीहरु जोखिममा परेका छन् ।
यसैगरी, अमेरिकाले ब्राजिलमा यात्रा बन्देज लगाएको छ । ब्राजिलमा महामारी भयावह बनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा बन्देज लगाएका हुन् ।-Photo Source: Agency