काठमाडौं, १२ जेठ । देशमा कोरोना भाइरसबाट एकै दिन ७२ जना संक्रमित थपिएका छन् । यसले विस्तारै भयावह रुप लिने संकेत देखाएको छ ।
वीरगञ्जमा ४ जेठमा मृत्यु भएका भनिएका व्यक्तिको पनि कोरोना संक्रमण पत्ता लागेको विषय बाहिर आइरहेको छ । यसबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी गराउने भएको छ । यसबाहेक थप कोरोना संक्रमितबारे पनि जानकारी गराउँदैछ ।