Logo

चौंथो कोरोना संक्रमितको मृत्यु पुष्टि



काठमाडौं, १२ जेठ । देशमा चौंथो व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । ४ जेठमा मृत्यु भएका वृद्धको पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका ७० वर्षीय वृद्धको मृत्यु भइसकेको र उनको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । वृद्धलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको र ३ जेठमा स्वाब परीक्षण गरिएको थियो । स्वाब पुनः परीक्षण गर्दा टेकुमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमित व्यक्तिको दाहसंस्कार समेत भइसकेको छ । वृद्धसँग सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गरिएकोमा नेगेटिभ नतिजा आएको बताए ।

यसअघि तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot