Logo

कोरोना महामारीः अमेरिकामा १ लाखको मृत्यु



एजेन्सी, १५ जेठ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख कटेको छ । संक्रमित संख्या १७ लाख ४५ हजार पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसबाट २ लाखभन्द बढीको मृत्यु हुनसक्ने आँकलन गरिएको थियो । अनुमान गरिएकोमा आधाको मृत्यु भइसकेको छ ।

ब्राजिलमा २५ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ । कुल संक्रमित ४ लाख ११ हजार पुगेको छ ।

रुसमा ३ लाख ७० हजार संक्रमित हुँदा ३९ सयको मृत्यु भएको छ । स्पेनमा २ लाख ८३ हजार संक्रमित संख्या पुग्दा २७ हजारको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ६७ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ३७ हजारको मृत्यु भएको छ ।

भारतमा १ लाख ५८ हजार संक्रमित हुँदा ४५ सयको मृत्यु भएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot