Logo

नेपालमा विभाजन ल्याउन खोजेको भन्दै नेपाली सेना बोल्यो (विज्ञप्तिसहित)



काठमाडौं, १६ जेठ । नेपाली सेनाले नेपाल र भारतको विशिष्ट ऐतिहासिक सम्बन्ध भएको उल्लेख गर्दै दुवै देशको सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित भएका समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ । हिजो साँझ सेनाले प्रेस विज्ञप्तिमार्फत् भारतीय मिडियामा नेपाली सेना र प्रधानसेनापति पूर्णचन्द्र थापाको विषयमा आएको खबरहरुप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

द हिन्दुस्थान टाइम्स र डिएफआइपोष्ट डट कमको लेख तथा ब्लग उल्लेख गरी प्रकाशित समाचार भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार भनेको छ । सेनाले राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने र नेपाली सेनालाई अनावश्यक विवादमा ल्याउन नेपाली सेनाप्र िलक्षित अफवाहहरु मच्चाइएको बताएको छ । सेनाले विज्ञप्तिमार्फत् सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निदेश्वन पालना गर्न कटिवद्ध रहेको जनाएको छ ।

हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापति एम एम नरवाणेको आलोचना गर्न अस्वीकार गरेपछि रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी असहमति प्रकट गरेको भन्ने खबर छापेको थियो । टीएफआइपोष्टले पनि सेनापति थापाले प्रधामन्त्री केपी शर्मा ओलीको भारतीय सेनापतिको आलोचना गर्न दिएको आदेश अस्वीकार गरेको खबरहरु बाहिर आएका थिए ।

नेपाली सेनाको गम्भिर ध्यानाकर्षण

१.   मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 May 2020) www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 May 2020) tfipost.comमा AkshayNarangद्धारा लिखित ‘Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief’s remarks, the Nepalese General said ‘No thanks’शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२.   उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।

३.   राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।

४.   साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot