Logo

कोरोना संक्रमितले अस्पताल भरिदै, अब संक्रमितको अवस्था हेरेर अस्पताल या घरमै आइशोलेशनमा राखिने



काठमाडौं, १६ जेठ । देशमा दिनानुदिन कोरोना भाइरसका संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि अस्पतालहरु भरिन थालेका छन् । संक्रमित बढेर अस्पताल भरिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको स्थिति हेरेर अस्पतालमा राख्ने या ‘होम आइशोलेशन’मा राख्ने निक्र्यौल गर्ने गरी तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा अब झन् सतर्क हुनुपर्ने बेला आएको बताए । उनले संक्रमितको अवस्था हेरेर अस्पतालमा कसरी राख्ने भन्ने व्यवस्था हुने बताए । उनले होम क्वारेन्टाइनमै पनि संक्रमित बस्नुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन भने ।

संक्रमित बढेसँगै भ्यान्टिलेटरमा समेत दबाब पर्न सक्छ । देशमा एकै दिन १७० संक्रति बढेर कुल संख्या १२१२ पुगिसकेको छ । संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्