Logo

छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन



१६ जेठ : भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ ।लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।

उहाँलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उहाँ ७४ बर्षको हुनुहुन्थ्यो ।उहाँकी श्रीमती रेनु जोगी प्रदेश सभा सदस्य हुनुहुन्छ भने छोरा अमित जोगी प्रदेश सभाका पुर्व सदस्य हुनुहुन्छ ।“स्थानीय समय अनुसार दिउसो ३.३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो,” अस्पतालका एक चिकित्सकले भने ।

उहाँलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल खेम्काले जानकारी दिनुभयो ।

कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुदै सन् २०० देखि २००३ सम्म मुख्यमन्त्री हुनुभएको थियो ।पिटिआई



प्रतिक्रिया दिनुहोस्