काठमाडौं, जेठ १७ । अर्थविद् एवं सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डा डिल्लीराज खनालले अर्थमन्त्री युवराज खतिवडाले बजेटमा वित्तिय बजेटरी आुशासन मिचेर राहतमा कन्जुस्याई गरेको आरोप लगाएका छन् । बजेटका उदेश्यहरु अतिनै राम्रा भएपनि अहिलेको प्राथमिकता केहो भन्ने कुरामा अर्थमन्त्री पुग्न नसकेको उनको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डा खनालले स्वास्थ्य क्षेत्रमा बजेट बढाउनु राम्रो भएपनि जनताको राहतमा कन्जुस्याई भएको र खर्च घटाउन नसक्दा अपेक्षा अनुसार बजेट नआएको दावी गरे । केही राम्रा छन् तर, केहि राम्रा नभएको भन्दै उनले अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई फोकस र नयाँ रोजगारीका ठाउँ खोज्नुपर्ने विषयमा पनि बजेट चुकेको बताए ।
आम सर्वसाधारणले प्रयोग गर्ने पेट्रोलमा करबृद्धि गर्दा उपभोक्तालाई असर नपर्ने भएपनि विद्युतिय गाडीको भन्सार बढाउनु अनुचित भएको बताए। खनालले जनताले प्रयोग गर्ने तेलका विषयमा पुर्नविचार गर्नुपर्ने अरु धेरै विषयमा बजेटमा ध्यानदिन आवस्यक रहेको धारणा राखे ।
डा खनालले एमसीसी अनुमोदन नगर्दा देशलाई यो अवस्थामा ठूलो घाटा हुने भन्दै कतिपय बुँदामा कुरा नमिलेका भएर सच्यार भएपनि पारित गर्नुपर्ने जिकिर गरे । उनले संविधानसँग बाझिएका प्रावधानहरु छन भने सच्याउनुपर्ने र यो इण्डोप्यासिफिक रणनीति अन्र्तगत भएको कुरा सम्झौताले कहिपनि नबोलेको बताए ।
उनले भने,‘बजेटमा आधारभूत परिवर्तन गर्न आवस्यक थियो । त्यो अनुसार बजेट आएन । यसलाई सच्याउनुपर्छ । वित्तिय बजेटरी अनुसासन भएन । कार्यन्वयनका चुनौतीहरु थपिएका छन् । कार्यक्रमहरु छरिएका छन् । कति पय प्रदेशले होल्ड गर्ने कार्यक्रम केन्दश्मा राखिएको छ यो गलत हो । स्वास्थ्य क्षेमा चाहि पर्याप्त बजेट छ यसलाई ड्राइभ गर्न जान्नुपर्छ’।