Logo

ठुलो संख्यामा कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउने



काठमाडौं, १८ जेठ । आज ठुलो संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । देशका सातवटै प्रदेशमा संक्रमित थपिएका छन् ।

थपिएका कोरोना भाइरसका संक्रमितबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले सवा चार बजे नियमित पत्रकार सम्मेलन गरी जानकारी गराउने छ । हिजो दैलेखमा र आज विहान बाजुरामा मृत्यु भई कोरोना पुष्टि भएकाको बारे पनि मन्त्रालयले आधिकारिक जानकारी दिने भएको छ ।

हिजो सम्म कुल १४०१ संक्रमित संख्या पुगेका छन् । एकै दिन १८९ कोरोना संक्रमित थपिएका थिए ।

दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित संख्या बढ्दै गएको छ । सरकारले लकडाउन खुकुलो बनाउँदै जाँदा संक्रमित संख्या थपिदै जानुले त्रास बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot