Logo

कोभिड अस्पताल छिटो बनाउन नागरिक समाजको सुझाव



काठमाडौँ, १९ जेठ । झापाको मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ ।

कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले आइतबार पत्रकार सम्मेलन गरी यो भन्दा उत्तम विकल्प अरू छैन भने यही भवनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको छ । समाजका अध्यक्ष भक्त खवासले झापामा कोभिडको प्रकोप बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढिलो गर्न नहुने बताएका छन् ।

उनले भने, “कोभिड अस्पतालबाट स्थानीय क्षेत्रमा सङ्क्रमण नफैलियोस्, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहोस् र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिमको अस्पताल बनाउन ढिला नगरियोस् ।”

उनले प्रदेश नं १ को सरकारले झापामा कोराना अस्पताल बनाउन गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले स्थानको चयन गर्दा स्थानीय सरोकारवालाहरुसँग कुनै परामर्श नगरेकामा गुनासो व्यक्त गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्