Logo

सवै पीसीआर मेसिनहरु आउटडेट भएको खुलासा तर प्रयोग जारी



काठमाडौं, जेठ २१ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले नेपालको कोराना परिक्षण प्रविधिमाथि प्रश्न उठाएका छन् । स्रोत नभएका कारण आउटडेट भइसकेको मेसिहरुको प्रयोग जारी राख्नुपर्ने बाध्यता नेपाल सामु रहेको उनको भनाई रहेको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डा पाण्डे एउटा पीसीआर मेसिनले ९० जना भन्दा बढीलाई परिक्षण गर्न नमिल्ने चिकित्सकीय मान्यता रहेपनि नेपालले यसलाई कार्यन्वयनमा लान नसकिरहेको जनाए।

उनले सामान्य किट र अरु चिकित्सकिय सामाग्री समेत खरिद गर्न समस्या भएरहेको अवस्थामा नयाँ पीसीआर मेसिन खरिद गर्ने कुरा सम्भव नदेखिएको दावीसमेत गरेका छन् । आउटडेट भएको मेसिले कति काम गर्छ यसमा यकिन गर्न पनि चिकित्सकहरुलाई गाह्रो भइरहेको उनको भनाइ छ ।

अहिले देखिएका संक्रमितहरु सवै विरामी नभएको र उनिहरुलाई विरामी भन्न नमिल्दै भन्दै पाण्डेले संक्रमित देखिएको धेरैलाई क्वारिन्टनमा भन्दा घरमा राख्दा सुरक्षित हुने उनको भनाई छ । सरकारी अस्पताल र सरकारी स्रोतले मात्रै अब धान्न सकिने अवस्था नभएको र सुविधा भएका निजि अस्पताललाई दिनुपर्ने धारणा उनको धारणा छ।

उनले नेपाल भएका कुटनीतिक नियोगका पदाधिकार र डिप्लोम्याटहरुको पनि परिक्षण गर्नुपर्ने भन्दै अहिले भएको धेरै जसो क्वारेन्टिलाई आइसोलेसन सेन्टर बनाउनुपर्ने देखिएको बताए । क्वनरिन्टनलाई आइसोलेसनमा परिणत नगरे अब आउने संक्रमितलाई उपचार गर्ने ठाँको अभाव हुने पाण्डेको भनाई छ ।

उनले भने,‘कोरोनाबिरुद्ध सरकारले काम नगरेको भए यत्रो मान्छे परिक्षण हुने थिएनन् । निजि अस्पताललाई कोरोनाको जिम्मा दिनुपर्छ । मिलेर काम गर्नुपर्छ । २१ वाटा मात्र ल्याव छन् हामीसंग । पीसीआरको पनि टाइम सकियो । एउटा पीसीआरले ९० जना भन्दा बडी परिक्षण गर्न मिल्दैन’ ।



प्रतिक्रिया दिनुहोस्