Logo

रुकुम घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन रहदा पार्टीलाई समेत अप्ठ्यारो : नेता बडाल



काठमाडौं, जेठ २१। नेकपाका नेता केसव बडालले रुकुमको चौरजहारीमा मारिएका नवराज बिकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले कुनै आधिकारिक निर्णय लिन नसकेको भन्दै आक्रोस पोखेका छन्।

उनले संविधानमा गरिएको व्यवस्थालाई कार्यन्वयनमा लानु नसक्ने प्रधानमन्त्री गृहमन्त्रीमाथि उठेको मौनताको प्रश्नले पार्टीलाई समेत अप्ठ्यारोमा पारेको टिप्पणी गरे ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता बडालले जातियताका आधारमा रुकुममा भएको नरसंभारलाई राज्यले नैतिक जिम्मेवारी लिनुपर्ने ठाउमा मौनता प्रस्तुत गर्नु सकारात्मक विषय नभएको बताएका हुन् ।

प्रधानमन्त्री र गृहमन्त्री पार्टीले बनाएकाले पार्टीलाई प्रत्यक्ष असर पार्ने कुरामा सघाउ पुर्याइरहेको उनको दावी छ ।

उनले नवराज विक अब मरिसकेकाले भोली अर्को नवाराज मर्न नदिने अवस्थामा राज्य जानुपर्नेमा नगएको भन्दै अहिले सम्म राज्यका तर्फबाट पिडित परिवारका लागि राहत समेत घोषण नहुन दुखद भएको बताए ।

‘मान्छे मरिसक्यो । मरो भनेर हल्ला मात्र गरेर हुदैन । प्रधानमन्त्री र गृमन्त्रीले कारवाही अगाडी बढाउनु पर्छ । नत्र अपराधलाई प्रश्रय दिएको ठहरिन्छ । उनिहरुलाई क्षतिपूतिको व्यवस्था खै । अब सवै स्कुलमा दलितबारेको भ्रम हटाउन पढाउन थाल्नुपर्छ र अपमानका शव्द बोल्नेलाई कारवाही गर्नुपर्छ ।’ उनको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot