Logo

कर्मचारीमाथि जुत्ता हानेपछि भाजपा नेतृ सोनाली फोगट विवादमा (भिडियोसहित)



एजेन्सी, २३ जेठ । भारतको हरियाणा राज्यमा भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगटले सरकारी कर्मचारीमाथि जुत्ता हानेकी छिन् । उनले पटक पटक जुत्ता हानेको भिडियो भाइरल भएको छ ।

हरियाणाको हिसार मार्केट कमिटिका सचिव सुल्तान सिंहमाथि फोगटले जुत्ता हानेकी हुन् । जुत्ता हानिरहँदा प्रहरी प्रत्यक्षदर्शी थिए । प्रहरी घटनालाई चुपचाप हेरिरहेका देखिन्थे । जुत्ता प्रहारबाट आत्तिएर सुल्तान सिंह आफूले निर्देशन बमोजिमको काम गरिरहेको जवाफ दिइरहेका थिए । उनीमाथि त्यपछि पनि लगातार जुत्ता हान्न रोकिएन ।

जुत्ता हान्दै उनले सिंहलाई बाँच्ने अधिकार नभएको भन्दै गाली दिएकी थिइन् । जुत्ता हानेपछि सिंहविरुद्ध उजुरी दर्ता गर्न भनेकी थिइन् ।
टिक टक स्टार समेत रहेकी फोगट सन् २०१९ मा भाजपाबाट मन्डी आदमपुरमा विधानसभाको चुनाव लडेर काँग्रेस उम्मेदवार कुलदीप विष्णोईँसँग पराजित भएकी थिइन् ।

घटनापछि सचिव सुल्तान सिंहले प्रहरीमा उजुरी दिएका छन् । फोगटले भने आफूमाथि अपशब्द बोलेकाले जुत्ता हानेकोे दाबी गरेकी छिन् ।
घटनापछि काँग्रेस प्रवत्ता रन्दीप सिंह सुरजेवालाले भाजपाको कडा आलोचना गर्दै फोगटमाथि कारबाहीको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्