Logo

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु



काठमाडौँ, २५ जेठ । उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।

काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ । काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको ‘टे«सिङ’ गर्ने कार्य भइरहेको जनाएको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् ।

शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिएका छन् । सङ्क्रमित एक जना महिला भारतबाट आएको बताइएको छ ।

टोखा–मनमैजु क्षेत्रमा बस्ने भएकाले ट्रेसिङ कार्य भइरहेको तारकेश्वर नगरपालिकाले जनाएको छ । त्यस्तै भक्तपुरका सङ्क्रमित पुरुष सूर्यविनायकको भएको बताइएको छ । उनीहरू सबैलाई उपत्यकाको विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । काठमाडौँमा २३, भक्तपुरमा पाँच र ललितपुरमा तीन गरी हालसम्म उपत्यकामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्