Logo

तालु खुइलिएका पुरुषमा कोरोना संक्रमणको जोखिम बढी



विश्व भर बढ्दै गएको कोरोना भाइरसको खतरा प्रतिरक्षा प्रणाली कमजोर हुने मानिसलाई बढी छ । यो भाइरसबाट बच्नको लागि आफ्नो हेरचाह धेरै आवश्यक हुन्छ । हरेक दिन यो रोगकोबारेमा वैज्ञानिकहरुले अनुसन्धान गरीरहेका हुन्छन् ।

हाल एउटा अनुसन्धान बाहिर आएको छ, जसमा कपाल तालु खुइलिएका पुरुषहरुमा अन्य मानिसहरुलाई भन्दा कोरोना भाइरसले संक्रमण हुने धेरै खतरा भएको दाबी गरेको छ । यो अनुसन्धान अमेरीकाका ब्राउन युनिवर्सिटिका शोधकर्ताहरुले गरेका हुन् । कपाल खुइलिएका मानिसहरुलाई सावधान रहन पनि शोधकर्ताहरुले सल्लाह दिएका छन् ।

उनीहरुले कपाल ताक्लु हुनेहरुमा उच्च जोखिम हुने विस्कर्ष निकालेका छन् । प्रोफसरले बताएका अनुसार पुरुष हर्मोनले कोरोना भाइरसलाई पुरुषको सेल्समा प्रवेश गराउछ । पुरुष सेक्स हर्मोन कपाल झर्नमा जिम्वेवार छन् र कोरोना भाइरसको कोषहरुमा आक्रमण गर्ने क्षमता बढाउन सक्छन् । वैज्ञानिकहरुले हर्मोन बढाउन सक्ने मानिसले कोविड–१९ लाई रोक्न सक्नेछन् ।

हालसम्म कोरोना भाइरसबाट विश्वभरका ६८ लाख मानिसहरु संक्रमित भइसकेका छन् । मृत्यु हुनेको सख्या ४ लाख पुगेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot