एजेन्सी २५ जेठ । चीन प्रविधिमा अब्बल बन्दै गएको छ । फाइवजीको विस्तार गर्न चीन निरन्तर लागि परेको छ । यस वर्षको अन्त्यसम्म चीनले छ लाख आधार स्टेशनहरु तयार गर्ने भएको छ ।
चीनले आफ्नो देशमा १० वर्षे योजनाका साथ फइव जी विस्तार गरिरहेको छ । नयाँ पुस्तालाई सुचना प्रविधिमा नेतृत्व गर्न चीनले फाइव जीको चिप र अपरेटिङको केही कमजोरीलाई छिट्टै हटाउन विज्ञहरुको भनाई रहेको छ ।
चीनले यही शनिबार फाइव जीको वर्षगाँठ मनाएको छ । एक वर्ष अगाडी चीनले फाइव जीलाई आत्मसाथ गरेको थियो । विगत एक वर्षमा चीनले करिब साढे दूई लाख फाइव जीको आधार स्टेशन निर्माण गरेको छ । चीनमा फाइव जी उपभोक्ता भने ३६ लाख रहेको जनाइएको छ । चीनले फाइव जीमा गरेको अनुसन्धान उल्लेखनीय रहेको जनाइएको छ । चीनले विश्वलाई आफ्नो फाइव जी नेटर्वक अनुप्रयोग गर्न अनुमति दिएको छ ।
थ्री जी र फोर जीको युगमा चीन अरु देशभन्दा पछि रहेपनि फाइव जीको बागडोर भने चीनले सम्हालेको छ । चीनको प्रख्यात कम्पनी हुवावेले फाइव जीको विस्तारगर्ने घोषणा फेब्रुअरीमा गर्ना साथ ९१ वटा वाणिज्यिक सम्झौता प्राप्त गर्न सफल भएको थियो । त्यसमध्ये ५० भन्दा बढी युरोपबाट आएका थिए । फाइव जीको विस्तार संगै हुवावे भने सिक्स जीको अनुसन्धानमा लागि परेको छ । सन् २०३० सम्ममा सिक्स जीको विकास भइसक्ने चिनियाँ कम्पनीको विश्वास रहेको छ ।