Logo

भारतमा धार्मिक स्थल खुल्यो



एजेन्सी, २६ जेठ । भारतमा आजबाट धार्मिक स्थलहरु खुलेका छन् । योसँगै हिन्दु, मुस्लिम, बौद्ध, शिख, जैनलगायत धर्मालम्बीहरु धार्मिक स्थल पुगेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले अढाई महिनापछि धार्मिक स्थलहरु खुलेपछि मानिसहरु पुगेको खबर प्रसारण र प्रकाशन गरेका छन् । अमृतसरको स्वर्ण मन्दिर पनि आजैबाट खुलेको छ ।

हिन्दुका मन्दिरहरु पनि खुलेका छन् । केही राज्यले भने कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी अझै केही निश्चित स्थानका धार्मिक स्थल बन्द राखेका छन् ।

धार्मिक स्थलमा पुजा तथा प्रार्थनाका लागि निश्चित नियमको पालना गर्नुपर्ने हुन्छ । कोरोना संक्रमण नफैलियोस् भनी सचेतना अपनाइएको छ ।-Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्

Screenshot