Logo

अमेरिका र हङकङमा जारी आन्दोलन फरक फरक हो ?



एजेन्सी, २६ जेठ । महिनौँ देखि हङकङमा जारी आन्दोलनको विषयलाई लिएर बारम्बार अमेरिकी विदेशमन्त्री माइक पोम्पोइले चीनलाई कटाक्ष गरिरहेका छन् । जारी हङकङ आन्दोलनको निश्कर्ष ननिकालेको र जनता प्रति ज्यादती गरेको आरोप पोम्पोइले लगाइरहेका छन् ।

यसैक्रममा एकजना चिनियाँ पत्रकारले विदेशमन्त्री पोम्पोइलाई अमेरिकामा भइरहेको प्रदर्शन र हङकमा भएको आन्दोलनहरु फरकफरक रहेको ? भनी कटाक्ष गरेका छन् । अमेरिकामा रङ्गभेदको समस्याको उत्पत्ति विगत देखिनै चलिआएको र हङकङमा भएको आन्दोलन नियोजीत ढंगले बाह्य शक्तिले गराइरहेकोमा स्पष्ट दृष्टिकोणले हेर्न सुझाएका छन् ।

हङकङ प्रदर्शनमा नागरिकले सहायताका लागी अमेरिकन झण्डा लिएकै कारण अमेरिकी नीतिबाट प्रदर्शन भएको ती पत्रकारले आरोप लगाएका हुन् । चीनलाई रोक्न र आफ्नो बर्चस्व उक्त क्षेत्रमा कायम गर्न हङकङ आन्दोलनलाई अमेरिकाले हावा दिएको आरो लगाए । ट्रम्पले हङकङ आन्दोलनलाई शान्त पार्न र चीनको बर्चस्वलाई हटाउन भुमिका खेलेको आरोप लाग्ने गरेको छ ।

अमेरिकामा भइरहेका प्रदर्शनमा प्रहरीद्वारा नागरिक प्रति ज्यादती भइरहेको चिनियाँ सञ्चार माध्यमले प्राथमिकताका साथ उल्लेख गर्न थालेका छन् । तर, हङकङ प्रर्दशनमा प्रहरी बाध्य भएपनि कुनै कदम चाल्न प्रर्दशनकारीलाई अग्रीम सुचना प्रदान गरिएकोे दाबी गरिएको छ । हङकङ चीनको अंग रहेको कारण बाहिरी गतिविधीबाट चलेको आन्दोलनलाई शान्त पार्न, चीनले आफ्नो अधिकार प्रयोग गरेको भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्